• TELEPHONE 4411250 Ext : 288
  • EMAIL ADDRESS aapasisaving@gmail.com
  • ADDRESS Baluwatar-04, kathmandu

संस्थाको परिचय

२०५० साल असार २१ गतेदेखि मासिक रु. १००।– बाट सुरु भएको यस सहकारी संस्थाले सुरुमा ३७ जना सेयर सदस्यको अथक प्रयासबाट २०५० साल असार २१ गते डिभिजन सहकारी कार्यालय काठमाण्डौमा औपचारिक रूपमा दर्ता भई स्थापित यस संस्था बचत तथा ऋण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) मा मितिः २०५०।१०।०५ मा दर्ता भएको र सदस्यता दर्ता नं. २३ रहेको छ । संस्थामा २०७९ साल असार मसान्तसम्म आइपुग्दा शेयर सदस्य संख्या १०४४ जना पुगेको छ । यस मध्ये महिला सदस्य संख्या २३५ जना तथा पुरुष सदस्य संख्या ८०९ जना रहनु भएको छ । संस्थाको साधारणसभाबाट स्वीकृत नीति तथा निर्देशिकाहरु यस प्रकार रहेका छन् ।
१. लेखा निर्देशिका ।
२. कर्मचारी विनियमावली ।
३. कर्जा लगानी तथा असुली निर्देशिका ।